काठमाडौँ । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ जारी गरेको हो ।
कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अङ्कित दरका १४ लाख १० हजार कित्ता आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँबराबरको रु. १०० अङ्कित दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिनेछ ।
बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिसेयर अङ्कित मूल्य रु.१०० दरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि बिक्री गरिनेछ ।
यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रूपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरि निष्काशन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ ।
पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आइपिओ जारी गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्