काठमाडाैँ। रौतहट जिल्लामा जारी गरिएको कर्फ्यू आदेश स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्ला सुरक्षा समितिको आज विहान १० बजेबाट गौर नगरपालिका क्षेत्रभित्र लागू भएको कर्फ्यू आदेश हटाउने निर्णय गरेको छ।
यसअघि जिल्ला सुरक्षा समितिले २०८२ फागुन ९ गते दिउँसो १ बजेबाट गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मका क्षेत्रमा कुनै व्यक्तिको आवतजावत, भेला, सभा, जुलुस वा प्रदर्शन गर्न नपाउनेगरी कर्फ्यू जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्