नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोड माथिको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १३.७१ अंकले बढेर २१६५.१० अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक २.०५ प्रतिशतले बढेर ४१३.०१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये २ वटा उपसमुहमा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
सोमबार नेप्सेमा कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २७ करोड ४८ लाख २८ हजार ८ सय ३२ रुपैयाँ बढीको कारोबार भएको छ।

आज आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।

कुल २५७ कम्पनीका करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।