काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार नेप्सेमा एसवाई नेपाल प्यानलको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ३७ करोड ७२ लाख ९१ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेपाल एसबिआई बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.५८ प्रतिशतले घटेको छ ।
कुल ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्