काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गर्न लागेको छ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा चैत्र ११ देखि १५ गतेसम्म आयोजना हुने सो प्रदर्शनीमा साना, मझौला तथा ठूला सवारी साधन, पार्ट्स, लुब्रिकेन्ट, टायर लगायतका सबै सम्बन्धित व्यवसायी कम्पनीहरूको सहभागीता रहनेछ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि. ले गर्नेछ। स्टल बुकिङ्गका लागि इच्छुक कम्पनी वा संस्थाहरूले फागुन १२ देखि १९ गतेसम्म ईमेल [email protected] वा फोन 9801541538 मार्फत जानकारी लिन सक्ने नाडाले जनाएकाे छ ।
यस प्रदर्शनीले सवारीधनी, सम्भावित ग्राहक र आम सर्वसाधारणलाई नवीनतम सवारी साधन र प्रविधि नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्