काठमाडाैँ । स्याङ्जा क्षेत्र नम्बर २ मा जय मातृभूमि पार्टीका उम्मेदवार कर्नेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गरेका छन्।
थापाले आफ्ना पार्टीका कार्यकर्तादेखि शुभेच्छुकलाई क्षेत्र नं. २ मा रूख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। मल्लसँग थापाले सिधै संवाद गरेका थिए।
यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले र रास्वपाबिच कडा प्रतिस्पर्धा रहँदै आएको छ। सङ्गठनात्मक बल र परिचित अनुहार भएकाले मल्लको ग्राउन्ड केही बलियो देखिन्छ।


प्रतिक्रिया दिनुहोस्