काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताएका छन् ।
बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे ।
उनले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहो¥याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताइन् ।
उनले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाए । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गरे । अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति काँग्रेस जनतासामु गएको जिकिर गर्दै उनले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहो¥याए ।
उनले नेपाली काँग्रेसले जेन—जी आन्दोलनको अपनत्व लिइसकेको समेत जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्