काठमाडाैँ । झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् ।
शनिवार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयबासी तथा व्यवसायीहरुलाई करप्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।
एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नविकरण तथा कर भुक्तानीका लागि अनेकौ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी बन्न निरुत्साही हुनु परेको उनीहरूको भनाइ छ ।
झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजंघा टोलका मतदाताहरुसँग समेत भेटघाट गरेका छन् । हाल आफ्नै निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटमा सक्रिय रहेका छन्।


प्रतिक्रिया दिनुहोस्