सुपर खुदी हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न


काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ। फागुन ५ देखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको सेयर आज बिहान धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयमा बाँडफाँड गरिएको हो।

क्यापिटलका अनुसार कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २५ लाख ८० हजार ४७० आवेदन सदर हुँदै २ करोड ७७ लाख ३ हजार ८८० कित्ताका लागि प्रतिस्पर्धा भएको छ। ३९ हजार ८७८ आवेदन बदर भएका छन्।

उच्च मागका कारण गोलाप्रथाबाट १ लाख २८ हजार ६५० जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदक हात खाली भएका छन्।

आईपीओको नतिजा ‘मेरो सेयर’ तथा CDS and Clearing Limited को वेबसाइटमार्फत हेर्न सकिनेछ।