काठमाडाैँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतवार (आज)देखि सकिँदैछ ।
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताइन् ।
आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उनले जानकारी दिइन्। आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।


प्रतिक्रिया दिनुहोस्