नेपाल उद्योग वाणिज्य महासङ्घमा अञ्जन समूहले टुङ्ग्यायो वस्तुगततर्फका सबै उम्मेदवार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले वस्तुगततर्फको कार्यसमिति सदस्यको नाम टुङ्गो लगाएको छ ।

प्यानलको औपचारिक घोषणा गर्न बाँकी रहे पनि होलीको पूर्वसन्ध्यामा आइतबार बेलुकी काठमाडौँमा शुभकामना आदानप्रदान सहित अञ्जन पक्षले वस्तुगततर्फका उपाध्यक्ष र कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको हो ।

उपाध्यक्ष उम्मेदवारमा शिवप्रसाद घिमिरे, कार्यसमिति सदस्य उम्मेदवारमा राजकुमार कार्की, रबिन पुरी, अरनिको राजभण्डारी, वसन्तचन्द्र मरहठ्ठा, रघुनन्दन मारु, सुनिता न्हेम्हाफुकी, होमप्रसाद घिमिरे, विप्लव अधिकारी, धर्मराज सापकोटा, संघर्ष विष्ट, धनप्रसाद लामिछाने, राजेशभक्त श्रेष्ठ, सरस्वती राई, एवाबहादुर थापाको नाम सार्वजनिक गरेको हो ।

वस्तुगतबाट कार्यसमिति सदस्यमा १४ सदस्य रहने व्यवस्था छ ।

वस्तुगत महासङ्घबाट २ जनामध्ये विश्वनाथ खनाललाई प्यानलमा समावेश गरिएको छ र एकजनाको नाम भने टुङ्गिन बाँकी रहेको कार्यसमिति सदस्यका उम्मेदवार राजकुमार कार्कीले जानकारी दिए ।

यो समूहमा वस्तुगत उपाध्यक्षको उम्मेदवारको रुपमा घिमिरेको नाम यसअघि नै सार्वजनिक भइसकेको थियो । अर्को समूहबाट वस्तुगतमा नरेशलाल श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।