काठमाडौंँ । अग्नि सिमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
उक्त सभाबाट कम्पनीको आईपीओ सर्वसाधारणलाई जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभाले उक्त प्रस्ताव पारित गरेपछि कम्पनीले आइपिओ निष्काशन प्रक्रिया अगाडी बढाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्