पूर्वअर्थमन्त्री पुनद्वारा देश निर्माणका लागि मतदान गर्न अपिल


रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं रोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् ।

उनले रोल्पा नगरपालिकाको बाल उदय माध्यमिक विद्यालय माडिचौरमा मतदान गरेका हुन् ।

उनले मतदानबाट देश निर्माणमा आम नागरिकको महत्वपूर्ण योगदान हुने भन्दै देश निर्माणका लागि मतदान गर्न आग्रह गरे । उनले राष्ट्र र राष्ट्रियको लागि सबैले सकारात्मक परिवर्तनकारी शक्तिहरूको पक्षमा मतदान गर्न अह्वान गरे ।

सोही मतदान केन्द्रमा पूर्वसभामुख ओनसरि घर्तीले मतदान गर्दै निर्वाचन उत्साह पुर्ण रुपमा सहभागी हुनका लागि अपिल गरिन् ।