काठमाडौँ । आज प्रतिनिधि सभाको चुनाव, देशभर उत्साहपूर्ण मतदान भइरहेको छ ।
केही ठाउँमा छिटफुट घटनाबाहेक सबै ठाउँमा उत्साहपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदात हुनेछ । निर्वाचन आयोगले ५ बजेसम्म लाइनमा बसिसक्ने मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने जनाएको छ ।

मतदानमार्फत प्रत्यक्ष तर्फ १६५ र समानुपातिकतर्फ ११० सांसदका लागि मतदान भइरहेको हो । निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।




प्रतिक्रिया दिनुहोस्