मुस्ताङमा नेपाली काँग्रेसका योगेश विजयी


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेद्वार योगेश गौचन थकाली विजयी भएका छन् । उनले ३ हजार ३०७ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका उम्मेद्वार इन्द्रधारा विष्टले १८०६ मत र रास्वपाका उम्मेद्वार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् ।

राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याएका छन् । जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको थियो । यस्तै, १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।