काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत आगामी दिनमा नेपालको समग्र विकास र असल शासनको प्रबर्द्धनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
“हाम्रो यात्रा स्पष्ट र सुविचारित छ। हामी आम नेपाली दाजुभाइ–दिदीबहिनीको मन जितेर नेपाल राष्ट्रको सर्वाङ्गिण उन्नयनका लागि इमान्दार प्रयास गर्नेछौं। सुधार्दै, थिति बसाल्दै, असल शासनको जगमा विकासको रफ्तारलाई अघि बढाउनेछौं,”उक्त सन्देशमा वाग्लेले लेखेका छन् ।
साथै उनले आम जनताको आशा र भरोसाप्रति आभार व्यक्त गर्दै आगामी चुनौतीहरू सामना गर्न सद्भाव र सहकार्यका लागि अनुरोध गरेका छन्।
वाग्लेका अनुसार पार्टीले सबै क्षेत्रको विकास र समग्र सुधारलाई प्राथमिकता दिनेछ र समन्वित प्रयासमार्फत नेपालको भविष्य उज्यालो बनाउने योजना अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्