सर्लाही ४ मा गगन थापालाई पछि पार्दै अमरेश सिंह


काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा जारी मतगणनाको सुरुवाती नतिजा अनुसार रास्वपाका उम्मेदवार अमरेश सिंह कांग्रेस सभापति गगन कुमार थापालाई पछि पार्दै अगाडि देखिएका छन्। प्रारम्भिक मतगणनामा अमरेश सिंहले ९७६ मत प्राप्त गरेका छन् भने गगन कुमार थापाले ७४४ मत पाएका छन्। यसैगरी जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत पाएका छन्।

मतगणना अहिले सिंह बसोबास गर्ने पालिकामा भइरहेको छ। सर्लाही–४ को मतगणना शुक्रबार बिहान १०ः२० बजे गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालयमा सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख २१ हजार १२ मतदातामध्ये हालसम्म ७७ हजार ९३१ मत खसेको छ। मतगणना प्रक्रिया जारी छ र थप अपडेटहरू आउँदैछन्।