प्रचण्डले रास्वपालाई भने,‘तपाईंहरूको जस्ताे लहर मैले २०६४ मै देखिसकेको हो,अहंकारबाट बच्नुहोला’


काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहंकारबाट बच्न सुझाव दिएका छन् ।

उनले २०६४ सालको आफ्नो पार्टीको लहर र घटनाक्रम स्मरण गर्दै अहंकारबाट बच्न सुझाव लिएका हुन् ।

रुकुम पूर्वबाट निर्वाचित भइसकेपछि विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,“ नयाँ पार्टी जसले ठुलो विजय हासिल गर्नु भएको छ, उहाँहरूलाई बधाई भन्न चाहुन्छ, शुभकामना भन्न चाहन्छु, तर अहंकार देखाउनुभयो भने देशको लागि ठुलो दुर्भाग्य हुन जाने छ ।”

उनले अहिले निर्वाचित भएकालाई राम्रोसँग चिनेको र आफ्नो क्याबिनेटमा मन्त्री भएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने महसुस गरेको बताए ।

उनले चुनावमा जानुपर्छ भनेर पटक पटक भन्नेमा आफू पनि रहेको उल्लेख गर्दै प्रचण्डले भने,“ अब धेरै सिट लिएर आएका साथीलाई अहंकारबाट बच्नु, यो तपाईहरूको लागि धेरै ठुलो गुरु हुन सक्छु । तपाईंहरूको जस्तो लहर मैले २०६४ मै देखिसकेको हो । त्यसकारण मैले तपाईंहरुलाई राम्रैसँग नेतृत्व दिनुपर्छ भन्ने ठानेको छु ।”

१० वर्षे सशस्त्र विद्रोहमार्फत आएको नेकपा (माओवादी)२०६४ को संविधान सभाको चुनावमा प्रचण्डको नेतृत्वमा प्रत्यक्षतर्फ १२० सिट ल्याएको थियो ।

कपा एमालेको समर्थनमा सरकार बनाएका प्रचण्डले तीन महिनामा सेवानिवृत्त हुन लागेका प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोज्दा सरकार ढलेको थियो ।