सिन्धुली २ मा रास्वपाका गजुरेल विजयी


काठमाडौँ। सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् । उनले १७ हजार ९४० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहाल (राजन)ले १४ हजार ७८० मत प्राप्त गरे ।

नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गरे भने नेपाली काँग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन् ।