हर्क साम्पाङ सुनसरी-१ बाट निर्वाचित


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ) राई सुनसरीबाट निर्वाचित भएका छन् ।

राई सुनसरी क्षेत्र नम्बर १ बाट ३५ हजार ७ सय ४१ मत लिएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत ल्याए ।

राई धरानको मेयरबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी खोलेर प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए ।