प्रचण्डको नेतृत्वको पार्टी : २०६४ सालमा प्रत्यक्षतर्फ १२०, २०८२ मा सात सिट


काठमाडौँ । रुकुमपूर्वबाट निर्वाचित भएपछि नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने,“अब धेरै सिट लिएर आएका साथीलाई अहंकारबाट बच्नु,यो तपाईहरूको लागि धेरै ठुलो गुरु हुन सक्छु । तपाईंहरूको जस्तो लहर मैले २०६४ मै देखिसकेको हो ।”

यसो भन्नुको कारण थियो तत्कालीन नेकपा(माओवादी)ले २०६४ सालमा प्रत्यक्षतर्फ १२० सिट जितेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएर पहिलो पटक चुनावमा भाग लिएको नेकपा(माओवादी)प्रति २०६४ सालमा पनि अहिलेको रास्वपाको जस्तै लहर देखिएको थियो ।

प्रचण्डले ९ महिना सरकार चलाएर र तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कुटवाललाई हटाउन खोज्दा सरकार ढल्यो ।

२०७० सालमा भएको अर्को संविधान सभा चुनावमा प्रचण्ड नेतृत्वको पार्टी तेस्रोमा खुम्चिएको थियो ।

माओवादी पार्टीमा भएको टुटफुटका कारण नेकपा(माओवादी) नै रहेन ।

विभिन्न नाम फेर्दै अहिले प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन् ।

उनकै नेतृत्वमा अहिले चुनाव लडेको पार्टीले प्रत्यक्ष तर्फ सात सिट पक्का गरेको छ । यसमध्ये ६ जना पूर्व माओवादीबाटै छन् भने एक जना पूर्व नेकपा एकीकृत समाजवादीबाट छन् ।

प्रत्यक्ष तर्फको घोषणा अन्तिमतिर पुग्दा नेकपाको अब कतै अग्रता छैन ।