काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूलाई गैरनेपाली नागरिकसँग सदस्यता वा कारोबार नगर्न स्पष्ट निर्देशन दिएको छ।
सहकारी ऐन, २०७४ को दफा ५० अनुसार सहकारी संस्थाहरू सदस्य-केन्द्रित भएर मात्र बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था छ भने दफा ३० मा नेपाली नागरिक मात्र सदस्य हुनसक्ने उल्लेख छ।
यस्तै, काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ३९ र २० ले पनि यही प्रावधानको पुष्टि गरेको छ। तर, महानगरपालिकाका सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाएर कारोबार गरेको भन्ने जानकारी प्राप्त भएको छ।
महानगरपालिकाले यो कार्य कानून विपरीत भएको भन्दै तत्काल सुधार गर्न र नियम विपरीत व्यवहार नगर्न निर्देशन दिएको छ। उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्