काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले चुनावी खर्च बुझाएका छन् ।
उनले चुनावका क्रममा १६ लाख ९६ हजार ३ सय ७५ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।
पुनले खर्च विवरण सार्वजनिक गर्दै भनेका छन्,“लोकतन्त्रमा पारदर्शिता र जिम्मेवारी अत्यन्त महत्वपूर्ण हुन्छ । मैले गरेको सम्पूर्ण निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नियमानुसार पेश गरेको छु । कानुनले तोकेको मापदण्ड र निर्वाचन आचारसंहितालाई सम्मान गर्दै हरेक खर्चलाई पारदर्शी ढङ्गले प्रस्तुत गर्नु मेरो कर्तव्य हो भन्ने विश्वास राखेको छु ।”



प्रतिक्रिया दिनुहोस्