कांग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयोः सिटौला


काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गरेका छन् ।

बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबिचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गरे। पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले काँग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको स्मरण गराए ।

उनले बदलिएको परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला छिटो आओस् भन्ने चाहना व्यक्त गरे।

उनले पार्टीको आन्तरिक विषयमा बिस्तारै र गम्भीर रूपमा छलफल गर्दै निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।