फ्लाेरिकल्चर एशाेसिएसनमा नयाँ कार्यसमिति


काठमाडौं । पुष्प व्यवसायी मीन बहादुर तामाङको अध्यक्षतामा फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बुधबार सम्पन्न २९ औं शाधारणसभा तथा अधिवेशले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन भएको हो भने बाँकी पदमा निर्विरोध निर्वाचित गरिएको छ ।

महासचिवमा विश्वमणी पाेख्रेल र सचिवमा हिरामणी शर्मा लगायत निर्विरोध भएका छन्।

तामाङले कुल १३१ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी रामजी प्रसाद तिमिल्सिनाले ५२ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा १३२ मतसहित शिवबहादुर खड्का विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रदिप खड्काले ४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा सिताराम पन्तले ९६ मतसहित विजय हासिल गरेका छन् भने प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा प्रतिस्पर्धी सुशिल खड्कालाई एक पतले पछि पार्दै ८९ मत प्राप्त गर्दै रामबहादुर तामाङविजयी भएका छन्।

निर्वतमान कार्यसमितिका अध्यक्ष तथा सल्लाहकार कुमार कसजु श्रेष्ठले नयाँ कार्यसमितिले फ्यानको विधान अनुरुप पुष्प क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वस्त रहेको बताए ।