काठमाडौंँ । सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीको लागि ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले आव २०८१र८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्