काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुङ्ग्याउने भएको छ । पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।
“औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन,” पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भन्नुभयो, “निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।”
सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्