मेरो किसानले आइपिओ निष्काशन गर्ने


काठमाडमौँ । मेरो किसान लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड र मेरो किसान लिमिटेड बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बिँउ देखि उत्पादीत कृषि उपजहरू उपभोक्ताको स्थानसम्म आपूर्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजना सहित यो कम्पनी स्थापना भएको हो । यस कम्पनीमा विभिन्न क्षेत्रका विशिष्टीकृत व्यक्तिहरुको संग्लगतामा रहेका छ ।

मेरो किसान लिमिटेडले किसानसँग प्रत्यक्ष सहकार्य गरी कृषि बिउ बिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजीटल प्लेटफर्म मार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आइरहेको छ ।

कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दुध डेरीको सञ्चालन गर्ने उद्देश्यले कम्पनीले करीब ३.५ बिघा जग्गा खरिद गरी उक्त कार्यको लागि संरचना निर्माणको कार्य अन्तिम चरणमा रहेको र यस आ.व भित्र कृषि प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने र अर्को आ.व.को पहिलो त्रैमास सम्ममा दुध डेरीको सञ्चालन गर्ने लक्ष्य रहेको छ ।