काठमाडाैँ । नेपाल विद्यार्थी संघले विश्वविद्यालय र विद्यालयहरूमा हुने अनिश्चितकालीन तालाबन्दीलाई सधैँका लागि अन्त्य गर्ने घोषणा गरेको छ ।
सभापति दुजाङ शेर्पाले नेविसंघको कुनैपनि सदस्यले अब शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिवद्धता जनाउँदै यसलाई पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका हुन् ।
शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि ‘मेरो शिक्षा, मेरो प्रश्न’ कार्यक्रम अन्तर्गत विभिन्न समयमा चार जना शिक्षा मन्त्रीहरूलाई रचनात्मक सुझाव बुझाएको बताए । नेविसंघको मुख्य माग ‘सेन्ट्रल स्टुडेन्ट स्कलरसिप पोर्टल’ निर्माण गर्नु रहेको उनले बतएका हुन्। जसले दूतावासदेखि सरकारसम्मले दिने सबै छात्रवृत्तिलाई पारदर्शी बनाउनेछ ।
नेविसंघले ‘पेड इन्टर्नसिप’ कार्यक्रमलाई सरकारी तवरबाटै ओनरसिप लिनुपर्ने, ७ सय ५३ वटै पालिकामा ‘स्कुल अफ फ्राइडे’ र ‘डिजिटल तथा फाइनान्सियल लिट्रेसी’ लागू गर्नुपर्ने माग राखेको छ ।
अनुसन्धान र विकासका लागि ‘सिएसआर बोर्ड’ बनाएर अर्बौंको कोष परिचालन गर्न सकिने योजना पनि शेर्पाले अघि सारे ।


प्रतिक्रिया दिनुहोस्