डेरी एसोसिएसका अध्यक्ष प्रल्हाद दाहाल महासङ्घको केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौँ । नेपाल डेरि एसोसिएसन नेपालका अध्यक्ष प्रल्हाद दाहाल नेपाल उद्योग वाणिज्य महासङ्घको उम्मेवार बनेका छन् ।

एसोसिएसनले अध्यक्ष दाहाललाई नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत २९ र ३० मा हुने साधारण सभामा उम्मेदवारमा सिफारिस गरेको हो ।

एसोसिएसनको ३ पटक महासचिव रहेका दाहाल एसोसिएसनमा दोस्रो कार्यकालका लागि अध्यक्ष छन् । दाहाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य समेत रहेका हुन् ।

दाहाललाई वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न एसोसिएसनले सिफारिस गरेको एसोसिएसनका उपाध्यक्ष मनोज यादवले जानकारी दिए ।

मोहीलाई ब्रान्डिङ गर्न विशेष भूमिका निर्वाह गरिरहेका दाहालले महासङ्घमार्फत उद्योगी, किसान, कृषि र समग्र निजी क्षेत्रको विकासको लागि उम्मेदवारी घोषणा गरेको बताए ।

नेपालको डेरी क्षेत्रको विकास सक्रिय रहेका दाहाल शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।