प्रतिनिधिसभाका लागि जेष्ठ सदस्यको रुपमा केसीले आज सपथ लिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्यका रूपमा निर्वाचित अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको सपथ गराउँदै छन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्यका रूपमा निर्वाचित अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको सपथ गराउँदै छन्।

शीतल निवासमा बिहान ११ः१५ बजे हुने शपथसँगै नयाँ प्रतिनिधिसभाको प्रारम्भिक प्रक्रियाले गति लिनेछ। ७८ वर्षीय केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।

ज्येष्ठ सदस्यका रूपमा केसीले अब चैत १२ गते हुने प्रतिनिधिसभाका २७४ सांसदलाई सपथ गराउनेछन्। सभामुख चयन नभएसम्म संसद्को बैठक सञ्चालन गर्ने जिम्मेवारी समेत केसीकै काँधमा रहनेछ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेका छन्। आजको सपथसँगै नयाँ संसद् पूर्ण रूपमा सक्रिय हुने प्रक्रिया अघि बढ्नेछ, जसले आगामी सरकार गठन र संसदीय गतिविधिलाई दिशा दिने छ।