सपथ ग्रहणका लागि नयाँ संसद भवन पुगे सांसदहरु, ६३ जनाले नेपाली बाहेकको भाषामा सपथ लिने


काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण केहीबेरमा हुँदैछ । फागुन २१ गते सम्पन्न निवार्चनमा निर्वाचित २७५ जना सांसदहरु सिंहदरबारस्थित नयाँ संसद भवनमा पुगेका छन् ।

उनीहरु विभिन्न भेषभूषामा सजिएर सपथका लागि नयाँ संसद भवन सिंहदरवार पुगेका हुन् । उनीहरुलाई केहीबेरमा ज्येष्ठ सांसद अर्जुननरसिह केसीले शपथ खुवाउँदैछन् । सांसदहरु आ(आफ्नो भेषभूषामा सजिएर सपथ लिँदैछन् ।

त्यस्तै सांसदहरुले नेपाली बाहेकको भाषामामा पनि सपथ लिने भएका छन् । अन्य भाषामा सपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको सपथ गराउँदैछन् ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ ।