बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपतिले शाहलाई संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

प्रधानमन्त्री शाहले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पद बहालीपश्चात १०० दिने कार्ययोजनासहितका केही महत्त्वपूर्ण घोषणा हुने स्रोतले बतायो ।