पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ


काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाकाे अनुसन्धानकाे शिलशिलामा पक्राउ गरेको हो ।

गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको पक्राउ पुर्जी र जानकारीअनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिला’ मा आज नियन्त्रणमा लिइएको हो ।

कांग्रेस नेतासमेत रहेका खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।