हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक (प्रमोटर) सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ।

बैंकको संचालक समितिको आइतबार बसेको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको हो।

बैंकले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र यो रूपान्तरण प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ । थप विवरण तथा समयतालिका नियामक स्वीकृति पश्चात मात्र सार्वजनिक गरिने बैंकले बताएको छ।