काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयर बजार घटेको छ ।
सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिड्ज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सोलु हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।
कुल ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्