काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ


काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी(सिडिओ) छवि रिजाल पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका बेला सिडिओ रहेका सिडिओ रिजाल पक्राउ परेका हुन् । उनलाई काठमाडौँको सुविधानगरबाट पक्राउ गरिएको हो ।

जेनजी विद्रोहबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको आधारमा रिजाल पक्राउ परेका हुन् ।

उनलाई आयोगले दोषी किटान गरेको थियो । सरकाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।