काठमाडौँ । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको नेतृत्व सर्वसम्मतिमा चयन गरिएको छ ।
महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट् उपाध्यक्षमा सूर्य भुजेल,वस्तुगतमा उपाध्यक्ष हरिकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र ओझा, वस्तुगतबाट २ जना सदस्य, एसोसिएट्सबाट २ जना निर्विरोध र ५ जना जिल्लानगरबाट सदस्य निर्विरोध भएका छन् ।
जिल्लानगरबाट ६ जनाको उम्मेदवारी परेकोमा १ जनाले फिर्ता लिएपछि सर्वसम्मत भएको हो ।
औपचारिक घोषणा हुन भने बाँकी छ । गण्डकी प्रदेशका वर्तमान अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशमा सर्वसम्मतिले उद्योग वाणिज्य महासङ्घको गण्डकी प्रदेश नेतृत्व चयन भएको जानकारी दिए । गण्डकीमा चैत १५ गते मनोनयन दर्ता थियो ।
महासङ्घका गण्डकी प्रदेशका वर्तमान उपाध्यक्ष केदारनाथ शर्माले सबैको छलफलपछि सर्वसम्मत नेतृत्व चयन भएको जानकारी लिए ।
उनले भने,“जिल्ला,नगर, वस्तुगत, एसोसिएट्स सबैसँगको छलफलपछि एउटा निर्णयमा पुगेका छौँ । हामीले सर्वसम्मति नेतृत्व चयन गरेका छौँ । औपचारिक रूपमा घोषणा गर्न बाँकी छ ।”
केन्द्रको भने साधारण सभा चैत २९ र ३० गते तोकिएको छ । केन्द्रमा दुई समूह बनाएर चुनावको तयारी भइरहँदा गण्डकी प्रदेशमा सर्वसम्मतिले नेतृत्व चयन भएको हो ।


प्रतिक्रिया दिनुहोस्