काठमाडौं। नेपाली काँग्रेस भित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्षले बोलाएको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ।
बैठकको अध्यक्षता पूर्वसभापति शेरबहादुर देउवा निकट नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले गरिरहेका छन्।
बैठकमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र आगामी रणनीतिसहित तीन मुख्य एजेन्डामा छलफल भइरहेको जनाइएको छ।
यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछि बनेको नेतृत्वलाई वैधानिकता दिइसकेको र सो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा बोलाइएको हो।
पार्टीभित्र अहिले गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोइराला समूहबीच आधिकारिकता तथा संरचनालाई लिएर विवाद चुलिएको छ।
संस्थापन इतर पक्षले भने उक्त बैठकलाई पार्टी एकता कायम गर्ने र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्