१९ अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुह मध्ये ११ उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिड्ज लाइन इनर्जी, होटल फरेष्ट इन र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले घटेको छ ।

कुल ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।