सिटी वालेट र छिटो पैसा गाभिए, वैशाख ३ गतेदेखि एकीकृत कारोबार


काठमाडाैँ । सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. एक आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु सिटी वालेट र छिटो पैसा एक आपसमा गाभिने भएका हुन् ।

यी साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार मिति २०८३ वैशाख ३ गतेदेखि एकीकृतरुपमा ‘सिटी वालेट प्रा. लि.’ को नामबाट सञ्चालन हुने भएको हो ।