व्यवसायी भट्टले अदालतमा भने,‘म पक्राउ परेको होइन,अनुसन्धानमा सहयोग गर्न उपस्थित भएको हुँ’


काठमाडौँ । व्यवसायी दीपक भट्टले अनुसन्धानलाई पूर्णरूपमा सहयोग गर्ने बताएका छन् ।

म्याद थपका क्रममा अदालतमा भट्टले आफू निरन्तर पीडित बनिरहेकाले आफूमाथि लागेकाे आराेपकाे अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

उनले अदालतमा भने,“ म पक्राउ परेको होइन, आफैं पीडित भएकाले अनुसन्धानमा सहयोग गर्न उपस्थित भएको हुँ ।”

अदालतले व्यवसायी भट्टलाई १० दिनमा थुनामा राख्न अनुमति दिएको छ ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान चलिरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी भट्टलाई आज पक्राउ गरेको जनाएको थियो ।

भट्टले भने अदालतमा अनुसन्धानलाई सहयोग गर्न आफै प्रहरी समक्ष उपस्थित भएको बताएका हुन् ।