काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेद्वार शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ ।
घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज बिहान ११ः१४ बजेको समयमा शुभसाइत पारेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो ।
घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ ।

घिमिरेबाट वस्तुगत सङ्घ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धनप्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा र सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष बिष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
वस्तुगत महासङ्घ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट बिश्वनाथ खनाल र इटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेदवारी दिएका छन् ।
यो समूहलाई भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन छ । उम्मेदवारी दर्तामा दुईदर्जनभन्दा बढी सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्