काडमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्मा वस्तुगतमा मनोनयन दर्तासँगै चुनावी प्रतिस्प्रधा लगभग पक्का भएको छ ।
अन्तिमसम्म सहमतिको प्रयास गर्ने बताइए पनि मनोनयनसँगै चुनावी प्रतिस्प्रधा लगभग पक्का भएको हो ।
आगामी यही चैत २९ र ३० गते हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि वस्तुगतमा शिवप्रसाद घिमिरे र नरेशलाल समूहले आफ्नो टिम लिएर मनोनयन दर्ता गराएका हुन् ।
शिवप्रसाद घिमिरेको समूह वर्तमान वरिष्ठ उपाध्यक्ष(भावी अध्यक्ष) प्यानल हो भने नरेशलाल श्रेष्ठको समूह वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल(प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार) समूहका हुन् । मनोनयन दर्तापछि दुबै समूह मात माग्न सक्रिय छ ।
शिवप्रसाद घिमिरे समूहबाट कोको छन् ?
घिमिरेबाट वस्तुगत सङ्घ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धनप्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा र सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष बिष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
वस्तुगत महासङ्घ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट बिश्वनाथ खनाल र इटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेदवारी दिएका छन् ।
नरेशलाल श्रेष्ठ समूहबाट कोको छन् ?
वस्तुगततर्फका उपाध्यक्ष नरेशलालको समुहबाट सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादुर कार्की छन् ।
यस्तै राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीको पनि उम्मेदवारी दर्ता भएको छ ।
महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्