काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९४ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेर ४ हजार ८७५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्