काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले कम्पनीको कार्य सञ्चालन, वित्तीय अवस्था तथा ग्राहक र सरोकारवालाप्रति रहेका दायित्वहरू पूरा गर्ने कम्पनीको क्षमतामा कुनै प्रभाव नपरेको स्पष्ट पारेको छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई केही व्यक्तिहरूसँग जोडी विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा प्रकाशित भ्रामक समाचार एवम् अड्कलबाजीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कम्पनीको क्षमतामा कुनै प्रभाव नपरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,“यस हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बलियो वित्तिय अवस्था, स्वस्थ तरलता अनुपात तथा उच्च जोखिम व्यवस्थापनले गदां नियामकीय मापदण्डहरू सहज रूपमा पूरा गर्न सक्षम छ र कम्पनीको वित्तिय सूचकहरु सुरक्षित र सुदृढ रहेका छन् ।”
कम्पनीमा आउने सबै दाबी तथा दायित्वहरू नियमित प्रक्रियाअनुसार निरन्तर रूपमा भुक्तानी भइरहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले आफ्ना प्रतिबद्धताहरू पूरा गर्दै आफूलाई सबल र सक्षम कम्पनीको रुपमा स्थापित गरिरहेको उल्लेख गर्दै हिमालयन रिले कम्पनीका व्यवसायिक गतिविधिहरू स्थिर तथा अवरोधरहित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
कम्पनीले भनेको छ,“कम्पनी उच्च व्यवस्थापकीय अगुवाइमा सम्पूर्ण कर्मचारीहरूमर्फत पूर्ण रूपमा सञ्चालित छ र स्वस्थ अवस्थामा रहेको छ । कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले कम्पनीको सञ्चालन वा सुशासनमा कुनै असर नपारेको र नपर्ने कुरा समेत जानकारी गराउन चाहान्छौँ ।”
कार्यकारि निर्देक तथा सूचना अधिकारी शिविर गैरे र कम्पनी सचिव तथा कार्यकारी निर्देशक सन्तोष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हामी सबै सरोकारवालाहरू, साझेदारहरू तथा लगानीकर्ताहरूलाई प्रमाणित तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गर्दछी र कम्पनीको विवेकपूर्ण वित्तीय व्यवस्थापन, पारदर्शिता तथा दीर्घकालीन स्थायित्वप्रतिको प्रतिबद्धतामा विश्वस्त रहन आग्रह गर्दछौँ ।”
कम्पनीसँग उठेका कतिपय विषय विभिन्न निकायहरूमा अनुसन्धानमा रहेको र कम्पनीले पूर्ण रुपले सहयोग गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । उक्त विषयलाई प्रभावित पार्ने खालको टिकाटिप्पणी नगरिदिन पनि कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्