४८ अंकले बढ्यो नेप्से, करिब १० अर्ब रूपैयाँको कारोबार


काठमाडौंँ । विहीबार सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक २८५१.२४ अंकले बढेर २८५१.२४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

विहीबार नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ् हाइड्रोपावर, रिड्ज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।