प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन


काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैन ।

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तिम समयमा निर्णय परिवर्तन गरेपछि उपसभामुखका लागि श्रम संस्कृति र राप्रपाबाट उम्मेदवारी परेको हो ।

ठाकुरलाई रास्वपाले पनि समर्थन गरेको छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।

त्यसअघि दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।