हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा उदयकुमार निरौला


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष उदयकुमार निरौला नियुक्त भएका छन् ।

शेखर गोल्छाले राजीनामा दिएपछि निरौला अध्यक्ष चयन भएका हुन् । यस्तै दीपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापा सञ्चालकमा चयन भएका छन् ।

शाहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिएपछि मिश्र र थापा सञ्चालकमा नियुक्त भएका हुन् ।