काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख २ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५५ रूपैयाँले बढेर ५ हजार २२० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्